महालक्ष्मी विकास बैंकको नाफा ५४ प्रतिशतले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2020 | 10:55:41 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले चालू आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ३० करोड ५० लाख ७९ हजार खुद मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोहि अवधिको भन्दा ५४.३६ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैकले १९ करोड ९० लाख ३४ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने २१ करोड १३ लाख १६ हजार रहेको छ ।

बैंकको खुद ब्याज आम्दानीमा २७.८४ प्रतिशतले मात्रै वृद्धि हुँदा पनि बैंकको खुद मुनाफमाभने उल्लेख्य वृद्धि भएको छ । सम्भावित कर्जा नोक्सानीको ब्यवस्थाको लागि गत वर्ष १४ करोड माथि छुट्याएको बैंकले चालु आर्थिक वर्षमा ६ करोड मात्रै छुट्याएकोले गर्दा बैंको मुनाफा बढ्न सहयोग पुगेको हो । जसले गर्दा बैंकको खुद संचालन आम्दानी सँगै खुद मुनाफा पनि बढेको छ । 

पुष मसान्त सम्ममा बैंकले ८० करोड खुद ब्याज आम्दानी गरेको छ ।  गत आर्थिक वर्षमा बैंकले ६२ करोड ५८ लाख मात्रै खुद ब्याज आम्दानी गरेको थियो । यस्तै पुष मसान्तमा बैंकको खुद संचालन आम्दानी ८६ करोड ७९ लाख रहेको छ भने संचालन मुनाफा ४२ करोड ७१ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको संचालन मुनााफा २६ करोड २१ लाख रहेको थियो। 

पुष मसान्तमा ३ अर्ब ७ करोड २० लाख ६१ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा १ अर्ब ४० करोड ८१ लाख ५७ हजार राखेको छ । यस्तै बैंकको संचित कोषमा २१ करोड २६ लाख ९० हजार रहेको छ ।

गत आर्थिक वर्षको पुष मसान्तमा ३० अर्ब ५९ करोड ११ लाख निक्षेप संकलन गरेको बैंकको चालु आर्थिक वर्षको समिक्षा अवधिमा ३५ अर्ब ७ करोड २७ लाख पुगेको छ । चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा बैंकको कर्जा लगानी २९ अर्ब १८ करोड ६६ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा २६ अर्ब १५ करोड ७२ लाख कर्जा लगानी गरेको थियो ।

खराब  कर्जामा बैंकले उल्लेख्य सुधार गरेको छ ।  गत वर्ष ४.४१ प्रतिशत रहेको बैंकको खराब कर्जा चालु आर्थिक वर्षमा घटेर २.७६ प्रतिशत कायम भएको छ । त्यस्तै बैंकको सिसिडि रेसियो ७४.७९ प्रतिशत, पुँजीकोष अनुपात १२.५४ प्रतिशत रहेको बैंकको कोषको लागत ८.४४ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ५.३३ प्रतिशत र आधार ब्याजदर ११.२३ प्रतिशत रहेको छ । यस्तै प्रतिशेयर आम्दानी १९ रुपैयाँ ८६ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ५२ रुपैयाँ ७६ पैसा र मुल्य आम्दानी अनुपात ९.७७ गुणा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved