ओमलाई गाभेको एनएमबीको मुनाफा डेढ अर्ब नाघ्यो, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2020 | 10:43:08 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय स्तरको ओम डेभलपमेृन्ट बैंकलाई  गाभेको एनएमबी बैंक NMB Bank Limited ले चालू अर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा १ अर्ब ६६ करोड ३१ लाख ८० हजार खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अविधको ४७.४० प्रतिशतले बढि हो ।

गत आर्थिक वर्षको सोहि अवधिमा बैकले १ अर्ब १० करोड ९९ लाख ४२ हजार खुद मुनाफा आर्जन गरेको थियो । बैंकले ६२ करोड २२ लाख गैर संचालन मुनाफा आर्जन गर्दा मुनाफामा वृद्धि भएको हो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब  ११  करोड ६५ लाख २५ हजार रहेको छ । 

बैंकको खुद ब्याज आम्दानीमा वृद्धि हुँदा मुनाफा पनि उल्लेख्य वृद्धि भएको छ । बैकले सम्भावित कर्जा जोखिम बापतको ब्यवस्थामा ६० करोड भन्दा माथि रकम छुट्याउँदा पनि मुनाफामा उल्लेख्य सुधार भएको छ । गत आर्थिक वर्षको बैंकले सम्भावित कर्जा जोखिमको लागि ९ करोड मात्रै छुट्याएको थियो । खुद ब्याज आम्दानी सँगै कुल संचालन आम्दानीमा उल्लेख्य वृद्धि हुँदा सम्भावित कर्जा जोखिमको ब्यवस्थाको लागि ६ गुणा बढी रकम ब्यवस्था गर्दा पनि बैंकको खुद संचालन आम्दानीमा उल्लेख्य सुधार भएको छ । ओम डेभलपमेन्ट बैंकलाई मर्जर गर्दा स्वाप बाट प्राप्त वार्गेन गेनलाई गैरसंचालन आम्दानीमा देखाउँदा खुद मुनाफा भने बढेको छ । 

पुष मसान्त सम्ममा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ७३ करोड ४४ लाख रहेको छ । गत आर्थिक वर्षमा बैंकले २ अर्ब ५५ लाख खुद ब्याज आम्दानी गरेको थियो । यस्तै पुष मसान्तमा बैंकको खुद संचालन आम्दानी २ अर्ब ९३ करोड ९२ लाख रहेको छ भने संचालन मुनाफा १ अर्ब ५१ करोड ४९ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको संचालन मुनााफा १ अर्ब ५६ करोड १६ लाख रहेको थियो।  

पुष मसान्त सम्ममा ११ अर्ब ५२ करोड ९७ लाख ४२ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ५ अर्ब २१ करोड ५१ लाख ९७ हजार राखेको छ । यस्तै बैंकको संचित कोषमा २ अर्ब ४५ करोड ६५ लाख २ हजार र शेयर प्रिमीयममा १ अर्ब ५४ करोड १४ लाख १३ हजार रहेको छ । 

गत आर्थिक वर्षको पुष मसान्तमा ९७ अर्ब ८९ करोड २३ लाख निक्षेप संकलन गरेको बैंकको चालु आर्थिक वर्षको समिक्षा अवधिमा १ खर्ब २६ अर्ब ४२ करोड ९० लाख पुगेको छ । चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा बैंकको कर्जा लगानी १ खर्ब १३ अर्ब ६३ करोड ७१ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ८८ अर्ब ४८ करोड ५० लाख कर्जा लगानी गरेको थियो ।

बैंकले खराब कर्जामा सामान्य वृद्धि भएको छ । गत वर्ष ०.७६ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षमा वृद्धि भएर १.९६ प्रतिशत कायम भएको छ । त्यस्तै बैंकको सिसिडि रेसियो ७७.५५ प्रतिशत, पुँजीकोष अनुपात १६.०५ प्रतिशत रहेको बैंकको कोषको लागत ७.७० प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ५.०३ प्रतिशत र आधार ब्याजदर १०.१२ प्रतिशत रहेको छ । यस्तै प्रतिशेयर आम्दानी ३० रुपैयाँ ४० पैसा, प्रतिशेयर नेटवर्थ १ सय ८८ रुपैयाँ ५५ पैसा र मुल्य आम्दानी अनुपात ११.८१ गुणा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved