मर्जरपछि देशकै ठुलो बैंक बनेको ग्लोबल आइएमईको नाफा २ अर्ब नाघ्यो, बाड्न मिल्ने कमाई कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2020 | 11:09:54 AM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंकसँगको मर्जरपछि ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले चालू आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा १ अर्ब ६८ करोड ५९ लाख ८ हजार खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैकले १ अर्ब २२ करोड ९३ लाख ८६ हजार खुद मुनाफा आर्जन गरेको थियो ।

ग्लोबल आइएमई बैंकको नाममा कारोबार गर्नुअघि जनता बैंकले ४५ करोड १३ लाख ३१ हजार मुनाफा आर्जन गरेको थियो । उक्त मुनाफा  समेत जोड्दा पुष मसान्त सम्मको बैंकको खुद मुनाफा २ अर्ब १३ करोड ७२ लाख ३९ हजार रहेको छ ।  यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब २०  करोड ८५ लाख ३१ हजार रहेको छ । 

बैंकको खुद ब्याज आम्दानीमा सँगै अन्य आम्दानीमा पनि वृद्धि हुँदा मुनाफा पनि उल्लेख्य वृद्धि भएको छ ।  पुष मसान्त सम्ममा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ५४ करोड ८७ लाख रहेको छ । गत आर्थिक वर्षमा बैंकले २ अर्ब ३८ करोड ११ लाख खुद ब्याज आम्दानी गरेको थियो । यस्तै पुष मसान्तमा बैंकको खुद संचालन आम्दानी ४ अर्ब १५ करोड ५५ लाख रहेको छ भने संचालन मुनाफा २ अर्ब ३६ करोड ९१ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको संचालन मुनााफा १ अर्ब ७४ करोड १४ लाख रहेको थियो।  

पुष मसान्त सम्ममा १८ अर्ब ९७ करोड ५८ लाख ८० हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ७ अर्ब ४८ करोड ४१ लाख ८९ हजार राखेको छ । यस्तै बैंकको संचित कोषमा १ अर्ब ९ करोड ४० लाख १० हजार र शेयर प्रिमीयममा  अर्ब ५३ लाख ९३ हजार रहेको छ । 

गत आर्थिक वर्षको पुष मसान्तमा १ खर्ब २० अर्ब ८ करोड ८४ लाख निक्षेप संकलन गरेको बैंकको चालु आर्थिक वर्षको समिक्षा अवधिमा १ खर्ब ९७ अर्ब ४१ करोड १३ लाख पुगेको छ । चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा बैंकको कर्जा लगानी १ खर्ब ८ अर्ब ९७ करोड ७६ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा १ खर्ब ९० अर्ब ५२ करोड ६५ लाख कर्जा लगानी गरेको थियो ।

बैंकले खराब कर्जामा सामान्य वृद्धि भएको छ । गत वर्ष ०.७५ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षमा वृद्धि भएर १.२० प्रतिशत कायम भएको छ । त्यस्तै बैंकको सिसिडि रेसियो ७८.९८ प्रतिशत, पुँजीकोष अनुपात ११.४७ प्रतिशत रहेको बैंकको कोषको लागत ६.७९ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ५.३१ प्रतिशत र आधार ब्याजदर १०.१२ प्रतिशत रहेको छ । यस्तै प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५३ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ४५ रुपैयाँ २३ पैसा र मुल्य आम्दानी अनुपात १३.१० गुणा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved