एनसीसी बैंकको खराब कर्जा घट्यो, मुनाफामा सामान्य वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2020 | 11:33:55 AM मा प्रकाशित

laxmi  sunrise bank

आम्दानीमा वृद्धि भएपनि खर्च बढ्दा एनसीसी बैंक Nepal Credit & Commerce Bank Limited  को मुनाफामा सामान्य वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ७५ करोड ६३ लाख ४८ हजार खुद मुनाफा आर्जन गरेको हो । जुन गत आर्थिक वर्षको सोहि अवधिको भन्दा २.२३ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको सोहि अवधिमा बैकले ७३ करोड ९८ लाख ५० हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ५२ करोड ५२ लाख ६० हजार रहेको छ ।

बैंकको खुद ब्याज आम्दानीमा सँगै अन्य आम्दानीमा पनि वृद्धि भएको छ । तर संचालन खर्च भने १२ अर्बले वृद्धि भएको छ।  गत वर्ष सम्भावित कर्जा जोखिमको ब्यवस्था बाट ४ करोड राइट ब्याक गरेकोमा यो वर्ष ६ करोड खर्च हुँदा संचालन मुनाफा सँगै खुद मुनाफामा भने सामान्य मात्रै वृद्धि भएको छ । पुष मसान्त सम्ममा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ६५  करोड ५४ लाख रहेको छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब ४५ करोड ५४ लाख खुद ब्याज आम्दानी गरेको थियो । यस्तै पुष मसान्तमा बैंकको खुद संचालन आम्दानी १ अर्ब ९८ करोड ४० लाख रहेको छ भने संचालन मुनाफा १ अर्ब ५ करोड ९४ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको संचालन मुनााफा १ अर्ब ३ करोड ५८ लाख रहेको थियो।  

पुष मसान्त सम्ममा बैंकले ८ अर्ब १३ करोड ३८ लाख ४१ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा २ अर्ब ५८ करोड २२ लाख २० हजार राखेको छ । यस्तै बैंकको संचित कोषमा १ अर्ब ८१ करोड ७१ लाख ७० हजार र शेयर प्रिमीयममा  १६ करोड ९८ लाख ६१ हजार रहेको छ । 

बैंकको निक्षेप भने घटेको छ । गत आर्थिक वर्षको पुष मसान्तमा ६५ अर्ब ९७ करोड ९८ लाख निक्षेप संकलन गरेको बैंकको चालु आर्थिक वर्षको समिक्षा अवधिमा ६३ अर्ब ६१ करोड ७३ लाख पुगेको छ । चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा बैंकको कर्जा लगानी ६४ अर्ब ८९ करोड ५९ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ६० अर्ब ८५ करोड ०९ लाख कर्जा लगानी गरेको थियो ।

बैंकले खराब कर्जामा सुधार गरेको छ । गत वर्ष ३.५३ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षमा घटेर २.८२ प्रतिशत कायम भएको छ । त्यस्तै बैंकको सिसिडि रेसियो ७६.६० प्रतिशत, पुँजीकोष अनुपात १३.२० प्रतिशत रहेको बैंकको कोषको लागत  ७.५ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ५.१८ प्रतिशत र आधार ब्याजदर १०.५८ प्रतिशत रहेको छ । यस्तै प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६० पैसा, प्रतिशेयर नेटवर्थ १ सय ५६ रुपैयाँ १८ पैसा र मुल्य आम्दानी अनुपात ११.७८ गुणा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved