जनरल इन्स्यारेन्सको नाफा बढ्यो, २९ करोड बीमा शुल्क संकलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2020 | 11:46:03 AM मा प्रकाशित

laxmi  sunrise bank

जनरल इन्स्यारेन्सले २९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । चालु आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीले २९ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको हो । गत आवको सोही अवधिको तुलनामा यो रकम ६२ दशमलव ८३ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले एक करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिको तुलनामा ७ दशमलव ८५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले एक करोड २९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो । 

कम्पनीले यस अवधिमा २८ हजार ६२७ बीमालेख जारी गरेको छ । कम्पनीले १८५ बीमालेख नविकरण गरेको छ । कम्पनीले सात करोड ८० लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । ५८३ दावी वापत कम्पनीले सो रकम भुक्तानी गरेको हो । कम्पनीमा भुक्तानी हुन बाँकी दावी रकम ५ करोड १८ लाख रुपैयाँ रहेको छ । त्यस्तै, भुक्तानी हुन बाँकी दावी संख्या ४३५ रहेको छ । 

चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको जनरल इन्स्योरेन्सको जगेडा कोष तीन करोड ४७ लाख रुपैयाँ रहेको छ  । कम्पनीको बीमा कोष तीन करोड ८५ लाख रुपैयाँ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved