नबिल बैंकको नाफा घट्यो, लगानी कति प्रतिफलमुलक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2020 | 10:15:04 AM मा प्रकाशित

laxmi  sunrise bank

स्प्रेड रेटको प्रभावको कारण चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नबिल बैंकको मुनाफा घटेको छ । पुष मसान्त सम्ममा बैंकले २ अर्ब ४ करोड १८ लाख ६१ हजार खुद मुनाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोहि अवधिको भन्दा ६.०२ प्रतिशतले कम हो । गत वर्ष बैंकले २ अर्ब  १७ करोड ६८ लाख ६२ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ४५ करोड ९१ लाख ३७ हजार रहेको छ । 

खुद ब्याज आम्दानीमा कमी आउँदा पनि अन्य आम्दानीमा भएको वृद्धि सँगै बैंकको खुद संचालन आम्दानीमा सामान्य वृद्धि भएको छ । बैंकले सम्भावित कर्जा जोखिम वापतको ब्यवस्थाको लागि छुट्याउने रकम भने घटाएको छ । बैंकको संचालन खर्चमा भएको वृद्धिले गर्दा बैंकको खुद मुनाफा भने घटेको हो । बैंकले पुष मसान्त सम्ममा ३ अर्ब ४५ करोड १६ लाख ८६ हजार खुद बयाज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा करिब १६ करोडले कम हो । गत वर्ष बैंकले यस अवधिमा ३ अर्ब ६१ करोड १३ लाख ५५ हजार खुद ब्याज आम्दानी  आर्जन गरेको थियो । 

खुद ब्याज आम्दानी घटेपनि बैकको विभिन्न सेवाशुल्क र कमिसनबाट हुने आम्दानीमा वृद्धि हुँदा कुल संचालन आम्दानी भने गत वर्षको भन्दा करिब ७ करोडले मात्रै कम रहेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ अर्ब ६२ करोड कुल संचालन आम्दानी गरेकाने बैंकले चालु वर्षको सोहि अवधिमा ४ अर्ब ६९ करोड कुल संचालन आम्दानी  गरेको छ । 

सम्भावित कर्जा जोखिम वापतको ब्यवस्थाको लागि गत वर्ष करिब २३ करोड  छुट्याएकोमा यो वर्ष ११ करोड मात्रै छुट्याउँदा बैंकको खुद संचालन आम्दानी भने ४ करोड भन्दा माथिले बढेको छ । गत वर्ष ४ अर्ब ४६ करोड खुद संचालन आम्दानी गरेको बैंकले चालु आवको सोहि अवधिमा करिब ४ अर्ब ५१ करोड संचालन आम्दानी गरेको छ । तर संचालन खर्चमा वृद्धि हुँदा बैंकको संचालन मुनाफा भने १७ करोड भन्दा माथिले घटेको छ । जसको प्रभाव बैंकको खुद मुनाफामा समेत परेको छ । पुष मसान्त सम्ममा बैंकले २ अर्ब ९० करोड ८२ लाख संचालन मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ३ अर्ब ८ करोड ३६ लाख संचालन मुनाफा आर्जन गरेको थियो । 

१० अर्ब ९ करोड ७४ लाख ९७ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ११ अर्ब ६७ करोड ६ लाख १८ हजार रहेको छ । यस्तै संचित कोषमा २ अर्ब १३ करोड ४ लाख ४३ हजार र शेयर प्रिमीयममा ७४ हजार रहेको छ । पुष मसान्त सम्ममा बैंकले १ खर्ब ६४ अर्ब  ३२ करोड ४५ लाख निक्षेप संकलन गरेर १ खर्ब ४१ अर्ब ३९ करोड ४५ लाख कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको निक्षेप १ खर्ब ६२ अर्ब ९५ करोड ४० लाख र  कर्जा लगानी १ खर्ब २७ अर्ब ५० करोड २ लाख रहेको थियो । 

बैंकको पुँजीकोष ११.९५ प्रतिशबाट घटेर ११.५२ प्रतिशत कायम भएको छ । यस्तै बैंकको सिसिडि रेसियो ७७.२३ प्रतिशतरहेकचो छ । बैंकको खराब कर्जा ०.६२ प्रतिशतबाट बढेर ०.७५ प्रतिशत पुगेकाने छ । यस्तै कोषको लागत र आधार बयाजदर पनि बढेको छ । गत वर्ष ५.९२ प्रतिशत रहेको बैंकको कोषको लागत बढेर ६.०२ प्रतिशत र ७.९४ प्रतिशत रहेको आधार ब्याजदर बढेर ८.१० प्रतिशत पुगेको छ । बैंकको आधार बयाजदर ४.७७ प्रतिशतबाट बढेर ४.९९ प्रतिशत पुगेको छ । यस्तै बैंकको प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ३२ पैसा रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved