चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा स्ट्याण्डर्ड चाटर्ड Standard Chartered Bank Nepal Limited बैंकको मुनाफामा सामान्य वृद्धि भएको छ । पुष मसान्त सम्ममा बैंकले १ अर्ब २२ करोड ६९ लाख १३ हजार खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको भन्दा ७.१२ प्रतिशतले बढी हो । गत वर्ष बैंकले २ अर्ब १४ करोड ५३ लाख ४६ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ३ करोड ७ लाख ७६ हजार रहेको छ ।
खुद ब्याज आम्दानीसँगै अन्य आम्दानी पनि वृद्धि हुँदा बैंकको संचालन मुनाफा बढेको छ । बैंकले पुष मसान्त सम्ममा १ अर्ब ८३ करोड ७० लाख ३१ हजार खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा साढे १८ करोडले बढी हो । गत वर्ष बैंकले यस अवधिमा १ अर्ब ६५ करोड १८ लाख ५२ हजार खुद मुनाफा आर्जन गरेको थियो ।
खुद मुनाफा वृद्धि हुँदा बैकको कुल संचालन आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब ४६ करोड १३ हजार कुल संचालन आम्दानी गरेको बैंकले चालु वर्षको सोहि अवधिमा २ अर्ब ६५ करोड २६ लाख कुल संचालन आम्दानी गरेको छ ।
सम्भावित कर्जा जोखिम वापतको ब्यवस्थाको लागि गत वर्ष करिब ५ करोड ४५ लाख छुट्याएकोमा यो वर्ष ३ करोड ५० लाख मात्रै छुट्याएको छ । जसले गर्दा बैंकको खुद संचालन आम्दानी बैंकको खुद संचालन आम्दानी भने २१ करोड भन्दा माथिले बढेको छ । गत वर्ष २ अर्ब ४० करोड ६८ खुद संचालन आम्दानी गरेको बैंकले चालु आवको सोहि अवधिमा करिब २ अर्ब ६१ करोड ७५ लाख खुदसंचालन आम्दानी गरेको छ । तर संचालन खर्चमा वृद्धि हुँदा बैंकको संचालन मुनाफा भने करिब १२ करोड ले मात्रै बढेको छ । पुष मसान्त सम्ममा बैंकले १ अर्ब ७५ करोड २७ लाख संचालन मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ६३ करोड ६२ लाख संचालन मुनाफा आर्जन गरेको थियो ।
८ अर्ब १ करोड १४ लाख ३१ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ५ अर्ब ९ करोड ९० लाख ७२ हजार रहेको छ । यस्तै संचित कोषमा १ अर्ब २३ करोड २२ लाख १७ हजार रहेको छ । पुष मसान्त सम्ममा बैंकले ८० अर्ब ५४ करोड ७ लाख निक्षेप संकलन गरेर ५४ अर्ब २९ करोड ३१ लाख कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको निक्षेप ७५ अर्ब ७३ करोड १५ लाख र कर्जा लगानी ५३ अर्ब ९ करोड २१ लाख रहेको थियो ।
बैंकको पुँजीकोष २२.०३ प्रतिशबाट घटेर १६.०८ प्रतिशत कायम भएको छ । यस्तै सिसिडि रेसियो ७८.५६ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा ०.१७ प्रतिशत रहेको छ । यस्तै कोषको लागत ४.७७ प्रतिशत र आधार ब्याजदर ७.३३ प्रतिशत रहेको छ । बैंकको स्प्रेड रेट ५ं९३ प्रतिशत रहेको छ । यस्तैे प्रतिशेयर आम्दानी ३० रुपैयाँ ६३ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ७९ रुपैयाँ ३ पैसा र मुल्य आम्दानी अनुपात १९.१३ गुण रहेको छ ।