नेपाल लाइफको बीमा शुल्क संकलन १४ अर्ब नाघ्यो, बीमा कोषमा ७७ अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2020 | 11:15:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स Nepal Life Insurance Company Limited  ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ अर्ब बढी बीमा शुल्क संकलन गरेको छ । कम्पनीले १४ अर्ब ७ करोड २४ लाख ३३ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको हो  । गत आवको सोही अवधिको तुलनामा कम्पनीले कुल बीमा शुल्क संकलन तीन अर्ब ४६ करोड ८६ लाख रुपैयाँले बढाएको हो । गत आवको सोही अवधिमा कम्पनीले १० अर्ब ६० करोड ३७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो ।

१४ अर्ब कुल बीमा शुल्क संकलन गर्न सफल कम्पनीको जीवन बीमा कोष ७७ अर्ब माथि पुगेको छ । यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा १४ अर्ब ५९ करोड २९ लाख २७ हजार रुपैयाँ रहेको छ । दोस्रो त्रैमासको अवधिमा कम्पनीमा १२ लाख ५८ हजार ५११ बीमालेख जारी भएका छन् । गत आवको सोही अवधिमा कम्पनीमा १२ लाख ९ हजार ७२० बीमालेख जारी भएका छन् । 

यस अवधिमा कम्पनीले तीन अर्ब १९ करोड ६९ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीले २१ हजार ३४७ दावी वापत सो रकम भुक्तानी गरेको हो । त्यस्तै, कम्पनीम भुक्तानी हुन बाँकी दावी रकम एक अर्ब २० करोड ८० लाख रुपैयाँ रहेको छ । 

बीमाङ्कीय मूल्याङ्कन अघिको कम्पनीको खद नाफा २५ करोड ९ लाख १७ हजार रुपैयाँ रहेको छ । कम्पनीको यो नाफामा बीमाङ्कीय मूल्याङ्कन पछि फेरबदन आउन सक्ने छ । गत आवको सोही अवधिमा कम्पनीले २८ करोड ५ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । पाँच अर्ब ४९ करोड ६१ लाख चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष दुई अर्ब ६१ करोड ५५ लाख १४ हजार रुपैयाँ रहेको छ । महाविपत्ती जगेडा कोषमा ४७ करोड ५७ लाख रुपैयाँ रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved