सूर्या लाइफको बीमा शुल्क संकलन ३१ प्रतिशतले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2020 | 12:17:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सूर्या लाइफ Surya Life Insurance Company Limited  ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक अर्ब ३० करोड ७१ लाख १८ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीले बीमा शुल्क ३१ दशमलव ३६  प्रतिशत अर्थात् ३१ करोड ३१ लाख रुपैयाँले बढाएको छ ।  गत आवको सोही अवधिमा कम्पनीले ९९ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो ।  

यस अवधिमा कम्पनीले १६ करोड ९७ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीले ६९७ दावी वापत सो रकम भुक्तानी गरेको हो । कम्पनीमा भुक्तानी हुन बाँकी दावी रकम तीन करोड १२ लाख १५ हजार रुपैयाँ रहेको छ । भुक्तानी हुन बाँकी दावी संख्या ४५९ रहेको छ । 

बीमाङ्कीय मूल्याङ्कन अघिको कम्पनीको खुद नाफा १५ करोड १९ लाख ७३ हजार रुपैयाँ रहेको छ । बीमाङ्कीय मूल्याङ्कन पछि कम्पनीको यो नाफा फेरबदल हुन सक्ने छ । गत आवको सोही अवधिमा कम्पनीको खुद नाफा १० करोड ८२ लाख २७ हजार रुपैयाँ रहेको थियो । कम्पनीको जगेडा कोष ५६ करोड ८९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ४३ करोड १४ लाख रुपैयाँ थियो । कम्पनीको जीवन बीमा कोष ६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved