८ प्रतिशत बढीले खुम्चियो राष्ट्रिय वाणिज्य बैंकको नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2020 | 10:23:34 AM मा प्रकाशित

laxmi  sunrise bank

चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकको मुनाफा घटेको छ । पुष मसान्त सम्ममा बैंकले २ अर्ब २० करोड ९५ लाख खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा ८.३१ प्रतिशतले कम हो । गत वर्षको यो अवधिमा बैंकले २ अर्ब ४१ करोड खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ९ करोड ३१ लाख छ ।  

खुद ब्याज आम्दानीसँगै अन्य आम्दानी पनि वृद्धि हुँदा बैंकको कुल संचालन आम्दानी बढेको छ । पुष मसान्त सम्ममा बैंकले ५ अर्ब ६ करोड ६ लाख खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोहि अवधिमा बैकले ४ अर्ब ९५ करोड ३७ लाख खुद ब्याज आम्दानी गरेको थियो । यस्तै बैंकले पुष मसान्त सम्ममा ५ अर्ब ७६ करोड ७ लाख कुल संचालन आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा करिब २४ अर्बले बढी हो ।

तर सम्भावित कर्जा जोखिमको लागि छुट्यान रकम वृद्धि हुँदा बैकको खुद संचालन आम्दानी भने घटेको छ । गत वर्ष १३ करोड ६४ लाखभन्दा बढी राइट ब्याक गरेकोमा यो वर्ष सम्भावित कर्जा जोखिमको लागि २० करोड १३ लाख छुट्टयाएको छ । जसले गर्दा खुद संचालन आम्दानी १० करोडले घटेको छ । गत अर्थिक वर्षको दोस्रो त्रैमासमा ५ अर्ब ६५ करोड ९९ लाख खुद संचालन आम्दानी गरेको बैंकले चालू आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ५५ करोड ९४ लाख खुद संचालन आम्दानी गरेको छ ।

बैंकको खुद संचालन आम्दानीमा कमी आउनुको साथै संचालन खर्चमा पनि वृद्धि हुँदा संचालन मुनाफा ३७ करोड माथिले घटेको छ । पुष मसान्त सम्ममा बैंकले ३ अर्ब ६ करोड ५४ लाख संचालन मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ३ अर्ब ४३ करोड ७२ लाख संचालन मुनाफा आर्जन गरेको थियो । 

९ अर्ब ४७ लाख ९६ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा १२ अर्ब ४८ करोड २१ लाख ८९ हजार रहेको जनाएको छ । यस्तै संचित कोषमा १ अर्ब ४० करोड ७० लाख १२ हजार रहेको छ । पुष मसान्तसम्ममा बैंकले १ खर्ब ९४ अर्ब ९० करोड १९ लाख निक्षेप संकलन गरेर १ खर्ब ४७ अर्ब ८९ करोड ८० लाख कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको निक्षेप १ खर्ब ८९ अर्ब २५ करोड ५३ लाख र कर्जा लगानी १ खर्ब ४२ अर्ब २ करोड २९ लाख रहेको थियो । 

बैंकको पुँजीकोष ११.७३ प्रतिशबाट बढेर १३.१५ प्रतिशत कायम भएको छ । यस्तै सिसिडि रेसियो ७२.६६ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा ४.७७ प्रतिशत रहेको छ । यस्तै कोषको लागत ४.०५ प्रतिशत र आधार ब्याजदर ६.६० प्रतिशत रहेको छ । बैंकको स्प्रेड रेट ५.५३ प्रतिशत रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved