सेञ्चुरी बैंकको नाफा २५ प्रतिशतले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2020 | 10:33:31 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited को मुनाफा बढेको छ । पुष मसान्त सम्ममा बैंकले ६५ करोड २ लाख खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलानामा २५.४९ प्रतिशतले बढी हो । गत वर्ष बैंकले ५१ करोड ८१ लाख खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ४२ करोड ३० लाख रहेको छ ।  

खुद ब्याज आम्दानीसँगै अन्य आम्दानी पनि वृद्धि हुँदा बैंकको संचालन आम्दानी र संचालन मुनाफा पनि बढेको छ । बैंकको सम्भावित कर्जा जोखिम वापतको रकम कटौती हुँदा खुद संचालन आम्दानीमा उल्लेख्य वृद्धि भएको हो । बैंकले पुष मसान्तसम्ममा १ अर्ब ५२ करोड ७९ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षकोभन्दा करिब १९ करोडले बढी हो । गत वर्ष बैंकले यस अवधिमा १ अर्ब ३३ करोड ९४ लाख खुद ब्याज आर्जन गरेको थियो । 

खुद ब्याज आम्दानीमा वृद्धि हुँदा बैंकको कुल संचालन आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ६१ करोड २६ लाख कुल संचालन आम्दानी गरेको बैंकले चालु वर्षको सोहि अवधिमा १ अर्ब ७७ करोड ५१ लाख कुल संचालन आम्दानी गरेको छ । 

सम्भावित कर्जा जोखिम वापतको ब्यवस्थाको लागि गत वर्ष करिब १५ करोड ३० लाख छुट्याएको बैंकले यो वर्ष ५ करोड ३४ लाख मात्रै छुट्याएको छ । जसले गर्दा बैंकको खुद संचालन आम्दानी बढेको हो । गत वर्ष १ अर्ब ४५ करोड ९६ लाख खुद संचालन आम्दानी गरेको बैंकले चालु आवको सोहि अवधिमा करिब १ अर्ब ७२ करोड १७ लाख खुद संचालन आम्दानी गरेको छ । संचालन खर्चमा वृद्धि हुँदा बैंकको संचालन मुनाफा करिब १९ करोडले बढेको छ । पुष मसान्त सम्ममा बैंकले ९१ करोड ७ लाख संचालन मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ७२ करोड ४७ लाख संचालन मुनाफा आर्जन गरेको थियो । 

८ अर्ब ४१ करोड ५४ लाख ७२ हजार चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ३८ करोड १ लाख ५१ हजार रहेको छ । यस्तै संचित कोषमा ८५ करोड ७४ लाख ८ हजार र शेयर प्रमियममा ३ करोड ४३ लाख ६९ हजार रहेको छ । पुष मसान्तसम्ममा बैंकले ६१ अर्ब २४ करोड ७९ लाख निक्षेप संकलन गरेर ५९ अर्ब ५० करोड ७१ लाख कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको निक्षेप ६० अर्ब २७ करोड ६५ लाख र कर्जा लगानी ५६ अर्ब ९३ करोड ४१ लाख रहेको थियो । 

बैंकको पुँजीकोष १४.६९ प्रतिशबाट बढेर १४.७४ प्रतिशत कायम भएको छ । यस्तै सिसिडि रेसियो ७९.०३ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा १.६७ प्रतिशत रहेको छ । यस्तै कोषको लागत ७.८६ प्रतिशत र आधार ब्याजदर १०.३५ प्रतिशत रहेको छ । बैंकको स्प्रेड रेट ४.७६ प्रतिशत, प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४५ पैसा, प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ र मुल्य आम्दानी अनुपात ११.५२ गुणा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved