टेलिकमको आम्दानीमा गिरावट, यस्ता छन् घट्नुका प्रमुख ३ कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2020 | 01:25:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकम Nepal Doorsanchar Company Limited  को चालु आर्थिक बर्षको तेस्रो त्रैमासको आम्दानी घटेको छ। गत बर्षको यस अवधिमा सेवा बापत टेलिकमले २७ अर्ब ५० करोड आम्दानी गरेकोमा यस अवधिमा २६ अर्ब ८३ करोड आम्दानी गरेको छ। 

सेवा बापतको आम्दानिमा करिब ६७ करोडले गिरावट आउनुमा बिभिन्न कारणहरु रहेको टेलिकमले जनाएको छ। टेलिकमकाअनुसार रिचार्ज कार्डको बिक्रिमा कमिसनको सट्टा डिस्काउन्टको गणना, कोरोनाको महामारीले सृर्जित लकडाउनमा बोनसमा शतप्रतिशत कमिसन सुविधा, बिदेशी विनिमय दरमा भएको वृद्धि लगायतका कारणले आम्दानि घटेको हो। 

२०७५ चैत्र १ देखि कम्पनीले रिचार्ज कार्डको बिक्रीमा कमिसनको सट्टा डिस्काउन्ट गणना गर्न शुरु गरेको थियो। कमिसन कूल बिक्रीलाई हिसाब गरिसकेपछि प्रदान गरिने तर डिस्काउन्ट बिक्री अघि प्रदान गरिने हुँदा डिस्काउन्टको कारणले पनि सेवा वापतको आय घटेको टेलिकमले जनाएको छ। चालु आर्थिक बर्षको  तेस्रो त्रैमासिकसम्म उक्त डिस्काउन्ट रकम कूल ८५ करोड ३३ लाख ४४ हजार २७३ रहेको टेलिकमले जनाएको छ। यसरि कमिसनको सट्टा डिस्काउन्टको गणना गर्दा १८ करोड घाटा भएको  टेलिकमले जनाएको छ। 

त्यस्तै लकडाउनमा दिईएको बिभिन्न प्रकारको सुविधाका कारण टेलिकमलाई ६६ करोड ९० लाख घाटा भएको छ। लकडाउनको अवधिमा चैत्र २०७६ भित्र कम्पनीले टपअपमा प्रदान गरेको १००% बोनस रकम कूल रु. ५३.४ करोड बराबरको हुन आउने टेलिकमले जनाएको छ। चैत्र ११ देखि घोषणा गरिएको लकडाउनको कारणले चैत्र महिनाको राजस्वमा नकारात्मक असर परेको, लकडाउनको अवधिमा चैत्र २०७६ भित्र कम्पनीले टपअपमा प्रदान गरेको १००% बोनस रकममा ५३.४ करोड बराबरको घाटा,  सोही अवधिमा शुन्य व्यालेन्स भएका मोबाइल प्रयोगकर्ताहरूलाई  ५.३ करोड बराबरको जिरो व्यालेन्स प्याकेज प्रदान ८.२ करोड बराबरको घाटा भएको टेलिकमले जनाएको छ।  यस बाहेक कम्पनीले कोरोना राहत कोषमा रू. १० करोड योगदान गरेको छ। 

त्यस्तै समीक्षा अवधिमा विदेशी विनिमयदर (अमेरिकी डलर लगायत) मा भएको वृद्धि तथा बाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तार संगै घरभाडा, बिजुली आदिको खर्चमा भएको वृद्धि, नेटवर्क तथा सेवा विस्तारको क्रममा टिम परिचालनको लागि लाग्ने खर्च वृद्धि आदिको कारण पनि व्ययभार बढ्न गई मुनाफामा असर परेको टेलिकमले जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved