आईपिओ निष्काशनको तयारी रहेको एनआईसी एशिया लघुवित्तले कमायो साढे १९ करोड नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2020 | 06:01:58 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एशिया लघुवित्तले चालु आर्थिक वर्ष २०७६।७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड १६ लाख रुपैयाँले वृद्धि गरी १९ करोड ४८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

कम्पनीले ४ करोड ४३ लाख रपैयाँको वृद्धि सहित १२ करोड २७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधीको खुद मुनाफा ७ करोड ८४ लाख रुपैयाँ रहेको थियो । 

संस्थाले आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कुल कर्जा दोश्रो त्रैमासको भन्दा १ अर्ब ८८ करोड रुपैयाँ वृद्धि गरी ७ अर्ब २२ करोड रुपैयाँ पु¥याएको छ  । जुन गत आर्थिक वर्षको तेश्रो त्रैमासको भन्दा ३ अर्ब ५ करोड रुपैयाँले बढि हो । बैंकको बचत  संकलन २२ करोड रुपैयाँले वृद्धि भई १ अर्ब १ करोड रुपैयाँ पु¥याएको छ । जुन गत आर्थिक वर्षको तेश्रो त्रैमासको भन्दा ५६ करोड रुपैयाँले बढि हो । संस्थाले तेस्रो त्रैमासमा आफ्नो निश्कृय कर्जा अनुपातमा सुधार ल्याई ०.३२ प्रतिशतमा कायम राखेको छ ।  

संस्थाले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको ३ प्रतिशत ब्याज छुटको अलावा जेष्ठ महिनासम्ममा तिर्नु बुझाउनुपर्ने सम्पूर्ण रकम जेष्ठ मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा हर्जाना ब्याजको शतप्रतिशत छुटको योजना ल्याएको जनाएको छ । संस्थाले १०५ शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले निकट भविष्य मै ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आईपिओ निष्काशनको तयारी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved