११ अर्ब माथि पुग्यो प्राइम लाइफको जीवन बीमा कोष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2020 | 10:56:16 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी Prime Life Insurance Company Limited लिमिटेडको जीवन बीमा कोष ११ अर्ब ४७ करोड ६६ लाख ५१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको बीमा कोष ८ अर्ब ९० करोड ४१ लख ४६ हजार रुपैयाँ थियो । 

यस अवधिसम्ममा कम्पनीले तीन अर्ब २६ करोड २५ लाख ९८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले दुई अर्ब ८६ करोड ७४ लाख तीन हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । 

चौथो त्रैमाससम्ममा कम्पनीको चुक्ता पूँजी २ अर्ब २५ करोड ८९ लाख ३२ हजार रुपैयाँ छ । जगेडा कोषमा ८८ करोड ९८ लाख २३ हजार रुपैयाँ छ ।

कम्पनीले यसअवधिमा ७१ करोड एक लाख २७ हजार रुपैयाँको कुद दावी भुक्तानी गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले ५ करोड ७ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको थियो । 

कम्पनीमा भुक्तानी हुन बाँकी दावी रकम ५५ लाख ४२ हजार रुपैयाँ रहेको छ । त्यस्तै, दावी भुक्तानी हुन बाँकी संख्या २८ रहेको छ । कम्पनीको महाबिपत्ती कोष जगेडामा १३ करोड ९४ लाख १० हजार रुपैयाँ रहेको छ । 

कम्पनीको खुद नाफा घटेको छ । यस अवधिसम्ममा कम्पनीले २९ करोड ८५ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिसम्ममा कम्पनीको खुद नाफा ३१ करोड ३० लाख ९७ हजार रुपैयाँ रहेको थियो । बीमाङीकय मूल्याङ्कन पछि भने कम्पनीको यो नाफा फेरबलद हुन सक्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved