जनरल इन्स्योरेन्सको नाफामा वृद्धि, २० करोडमाथि बीमाशुल्क संकलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2020 | 10:58:49 AM मा प्रकाशित

laxmi  sunrise bank

जनरल इन्स्यारेन्स कम्पनी General Insurance Company Nepal  ले गत आर्थिक वर्षको चौथो त्रैमासमा २० करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १६ करोड ४६लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको हो । 

यस अवधिमा कम्पनीको खुद नाफासमेत बढेको । कम्पनीले ५ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिको तुलनामा ३९ दशमलव ७८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ३ रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो । 

कम्पनीको बीमा कोषमा ५ करोड १० लाख र महाविपत्ती जगेडा कोषमा ५२ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आवको यसै अवधिमा बीमा कोषमा २ करोड ८६ लाख र महाविपत्ती जगेडा कोषमा २९ लाख रुपैयाँ सञ्चित थियो।

यस अवधिसम्ममा इन्स्योरेन्सले कुल ५७ हजार ८०३ बीमालेख जारी गरी ५३ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको ४ हजार ६०६ वटा बीमालेख नविकरण भएका छन् ।

कम्पनीले कुल १ हजार ५६५ दाबी बापत १९ करोड ५२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३५६ दाबी बापत परेको ३ करोड ९० लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved