एनएलजी इन्स्योरेन्सको खुद बीमाशुल्क घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2020 | 10:33:52 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा इन्स्योरेन्सको खुद बीमाशुल्क घटेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ८१ करोड ९३ लाख रुपैयाँ रहेको  इन्स्योरेन्सको खुद बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ५९ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ। 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सले २० करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ६७ लाख रुपैयाँ बढी हो । 

इन्स्योरेन्सको खुद दाबी भुक्तानी पनि ५ करोड ३१ लाख रुपैयाँ घटेको छ। अघिल्लो आर्थिक वर्षमा ५५ करोड ११ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको खुद दाबी भुक्तानी गत आर्थिक वर्षमा ४९ करोड ८० लाखमा झरेको छ। 

१ अर्ब ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ३१ करोड ९ लाख रुपैयाँ, बीमा कोषमा ८९ करोड ६३ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ७ करोड ५५ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सको चुक्तापूँजी ६४ करोड ४ लाख रुपैयाँ, जगेडा कोष १९ करोड ८३ लाख रुपैयाँ, बीमा कोष ७९ करोड २२ लाख रुपैयाँ र महाविपत्ती जगेडा ६ करोड ३० लाख रुपैयाँ रहेको थियो ।

इन्स्योरेन्सले असार मसान्तसम्ममा १ अर्ब ७३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। हालसम्म जारी बीमालेखको संख्या १ लाख ६९ हजार ८२७ रहेको छ । त्यस्तै,  नविकरण गरिएको बीमालेखको संख्या ३३ हजार १८० रहेको छ।

अघिल्लो आर्थिक वर्षसम्ममा इन्स्योरेन्सको कुल बीमाशुल्क १ अर्ब ६६ करोड रुपैयाँ रहेको थियो । त्यस्तै,  जारी बीमालेखको संख्या १ लाख ७१ हजार १६४ रहेको थियो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved