एनएमबि बैंकको 'प्रोभिजन' बढ्दा पनि बढ्यो मुनाफा, सेयरधनीलाई बाँड्न मिल्ने कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2020 | 07:46:05 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited ले आर्थिक बर्ष २०७६/२०७७ मा झिनो अंकले मुनाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ। कोरोनाले निम्तयाएको संकटमा भारि मात्रामा प्रोभिजन गर्दा पनि बैंकको नाफामा वृद्धि देखिएको छ। 

बैंकले १ अर्ब ६१ करोड प्रोभिजन  गर्दा पनि उसको नाफा अघिल्लो आर्थिक बर्षको २ अर्ब २५ करोडबाट बढेर २ अर्ब २७ करोड पुगेको छ। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४२ करोड रहेको छ । यस हिसाबमा बैंकले करिब १० प्रतिशतको हाराहारीमा लाभांश बितरण गर्न सक्ने देखिन्छ।

तर एनएफआरएस अनुसार केहि शिर्षकमा थप रकम व्यवस्था गर्नुपर्ने भएकाले लाभांश क्षमता घट्न सक्छ ।  यद्यपि असोज मसान्त सम्म उठ्ने ब्याजलाई पनि अघिल्लो वर्षको ब्यालेन्स सिटमा देखाउन सकिने राष्ट्र बैंकको ब्यबस्थाको कारण बैंकको नाफा बढ्न गई वितरणयोग्य मुनाफा पनि केहि बढ्न सक्ने छ।

यस अवधीमा बैंकको निक्षेप ३४.५० प्रतिशतले बढेर १ खर्ब ३१ अर्ब पुगेको छ भने कर्जा प्रवाह ३०.७६ प्रतिशतले बढेर १ खर्ब १५ अर्ब पुगेको छ। बैंकको मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी ३०.२० प्रतिशतले बढेर ५ अर्ब ५२ करोड पुगेको छ।   

यस अवधिमा १३ अर्ब ९५ करोड चुक्ता पुंजी रहेकोमा बैंकसँग रिजर्भमा ६ अर्ब ९१ करोड छ। यस अवधिमा बैंकको खराब कर्जा भने ०.८२ प्रतिशतबाट बढेर २.६८ प्रतिशत पुगेको छ। 

यस अवधिमा बैंकको प्रति सेयर आम्दानी १६ रुपैयाँ २८ पैसा, प्रति सेयर नेटवर्थ १४९ रुपैयाँ ५७ पैसा र मुल्य आम्दानी अनुपात २४.३९ गुणा रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved