नेपाल इन्स्योरेन्सको नाफा २३ करोड माथि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2020 | 11:22:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्स्योरेन्स  Nepal Insurance Company ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २३ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा १२.३६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले २१ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

कम्पनीले खुद बीमाशुल्क  रकमपनि वृद्धि गर्न सफल भएको छ । गत आवको चौथोमसान्तसम्ममा कम्पनीले ६५ करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गर्न सफल भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड १२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । 

चुक्ता पूँजी १ अर्ब ९ करोड ५५ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ५१ करोड ८६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बीमा कोषमा ३९ करोड ९६ लाख रुपैयाँ रुपैयाँ सञ्चित छ ।

कम्पनीले गत आवमा ७८ करोड ३९ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । अघिल्लो आवमा कम्पनीले ७० करोड ८६ लाख रुपैयाँ  दावी भुक्तानी गरेको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved