१६ प्रतिशतले बढ्यो नेशनल लाइफको बीमाशुल्क, नाफामा समेत देखियो सुधार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2020 | 12:50:12 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ ।  यस अवधिमा जीवन बीमा कम्पनीको मुख्य सूचक मानिने बीमा शुल्क बढाउन सफल भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमास सम्ममा ९ अर्ब ११ करोड ४० लाख ७९ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवको सोही अवधिमो तुलनामा १६.८४ प्रतिशत बढी हो । 

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ७ अर्ब ८० करोड २ लाख ४६ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । 

यस अवधिमा कम्पनीको खुद बीमाशुल्कसंगै खुद नाफा पनि बढेको छ । यस अवधिमा इन्स्योरेन्सले ३९ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा १६ दशमलव ३२ प्रतिशतले बढी हो । कम्पनीको यो नाफा बीमांकीय मूल्याङ्कपछि फेरबदल हुन सक्छ । अघिल्लो आर्थिक वर्षको चौंथो त्रैमासमा इन्स्योरेन्सले ३३  करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

३ अर्ब ८ करोड २६ लाख २६ हजार ५४८ रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा १ अर्ब ३ करोड ६१ लाख ८१ हजार ७७२ रुपैयाँ रहेको छ । जीवन बीमा कोषमा ३३ अर्ब ७२ करोड १६ लाख १० हजार ७३४ रुपैयाँ रहेको छ । त्यस्तै, इन्स्यारेन्सको महा विपत्ती जगेडामा २७ करोड ८९ लाख २४ हजार ४५८ रुपैयाँ रहेको छ ।

इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ६१ पैसा रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved