लुम्बिनी जनरल इन्स्योरेन्सको बीमाशुल्कसँगै मुनाफा पनि घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2020 | 01:17:57 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी जनरल Lumbini General Insurance  ले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार गत आवको चोथो त्रैमासममा बीमाशुल्क घटेको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले ५८ करोड ८३ लाख  रुपैयाँ खुद बीमशुल्क संकलन गरेको छ । अघिल्लो आवको सोहीअवधिको तुलनामा यो ११ दशमलव ३६ प्रतिशतले घटी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ६६ करोड ३७ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गर्न सफल भएको थियो ।

अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीको खुद मुनाफा समेत घटेको छ । गत आवको चौथो त्रैमासको अवधिमा कम्पनीले २० करोड ४१ लख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा यो नाफा २१ दशमलव ४३ प्रतिशतलेघटी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २५ करोड ९८ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो । 

यस अवधिमा कम्पनीले ७६ करोड ८४ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ७५ करोड ४७ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको थियो। कम्पनीमा भुक्तानी हुन बाँकी दावी रकम ६७ करोड ८ लाख रुपैयाँ  रहेको छ । 

१ अर्ब १४ करोड १८ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २४ करोड १२ ला खरुपैयाँ सञ्चित छ । 

कम्पनीको प्रति शेयर आम्दानी १७ रुपैयाँ ८८ पैसा रहेको छ ।  प्रति शेयर नेटवर्थ १८२ रुपैयाँ ८३ पैसा रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved