आइएमई लाइफको खुद बीमाशुल्क बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2020 | 03:21:58 PM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा जीवन बीमा कम्पनीको मूख्य सूचक मानिने खुद बीमाशुल्क बढाएको छ । 

कम्पनीले १ अर्ब ३७ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ८८ करोड ८८ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । 

आइएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा १२ करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको चौथो त्रैमासमा नाफा २४ प्रतिशत वृद्धि भएको हो । 

कम्पनीले अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले १० करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको यो नाफा बीमांकीय मूल्याङ्कन पछि फेरबदल हुन सक्नेछ । 

कम्पनीले यस अवधिका ३६ हजार ५५५ बीमालेख जारी गरी १ अर्ब ४० करोड १८ लाख रुपैयाँ कूल बीमा शूल्क आर्जन गरेको छ । 

चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको उक्त कम्पनीले जगेडा कोषमा ३१ करोड सञ्चित गरेको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।

गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले ७७ दावीवापत ११ करोड १९ लाख  रुपैयाँ दाबी भुक्तानी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved