शिखर इन्स्योरेन्सको नाफा बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2020 | 11:16:22 AM मा प्रकाशित

laxmi  sunrise bank

शिखर  इन्स्योरेन्स Shikhar Insurance Company Limited को खुद बीमाशुल्क घटेको छ । इन्स्योरेन्सले प्रकाशित गरेको गत आवको चौथो त्रैमासको वित्तीय विवरण अनुसार अघिल्लो आवको सोही अवधिको तुलनामा खुद बीमाशुल्क घटेको हो । 

अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क १० करोड ७ लाख २० हजार रुपैयाँले घटेर १ अर्ब १८ करोड ५४ लाख रुपैयाँमा सिमित हो । 

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सले १ अर्ब २८ करोड ६१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

खुद बीमाशुल्क घटेपनि इन्स्योरेन्सको खुद नाफा भने बढेको देखिन्छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४५ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सले ४२ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी एक अर्ब पाँच करोड ७३ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ८३ करोड ६३ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बीमा कोषमा एक अर्ब ५ करोड ७३ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड ४३ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिसम्ममा इन्स्योरेन्समा २ लाख ५९ हजार ५७४ वटा बीमालेख जारी भएका छन् । २ लाख ५९ हजार ५७४ बीमालेख जारी गरी इन्स्योरेन्सले ३ अर्ब ५२ करोड १६ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ । 

इन्स्योरेन्सले यस अवधिमा १४ हजार ४७० दाबी बापत एक अर्ब ६७ करोड १८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार १८२ वटा दाबी बापत ८० करोड ४७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved