नेको इन्स्योरेन्स Neco Insurance Company ले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार यस अवधिमा कम्पनीले ४४ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलानामा कम्पनीले कम्पनीको नाफा ३०.५२ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष कम्पनीले ३४ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
चौथौ त्रैमासको अवधिमा कम्पनीले शुद बीमाशुल्क पनि बढाएको छ । कम्पनीको खुद बीमाशुल्क आर्जन १० दशमलव ९१ प्रतिशतले ले बढेर १ अर्ब २७ करोड १ लाख ५६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको बिमा कोषमा १ अर्ब १४ करोड ५१ लख ९२ हजार रुपैयाँ थियो ।
यसअवधिमा कम्पनीले कुल ७७ करोड ७० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । त्यस्तै, ६० करोड ६७ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।
त्यस्तै, असार मसान्त सम्ममा १ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । त्यस्तै, जगेडा कोषमा ५२ करोड ४४ लाख रुपैयाँ छ ।