महुली लघुबित्तले मङ्सिर ११ गतेदेखि हकप्रद निष्काशन गर्ने, कहाँ दिने आवेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 13, 2018 | 09:18:42 AM मा प्रकाशित

laxmi  sunrise bank

महुली सामुदायिक लघुबित्त वित्तीय संस्था लिमिटेडले (Mahuli Samudayak Laghubitta Bittiya Sanstha Limited )ले मङ्सिर ११ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद अर्थात ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

कम्पनीले शेयर निष्काशन गर्नको लागि कार्तिक २८ गते बुक क्लोज मिति तय गरेकोले कार्तिक २७ गतेसम्म कायम लगानीकर्ताले हकप्रद भर्न सक्ने छन्  । हकप्रद निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ताले पुस १६ गतेसम्म हकप्रद भर्न सक्ने छन्  । 

लगानीकर्ताले सनराइज क्यापिटलको कार्यालय, महुली लघुवित्तको कार्यालय, आश्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर अनलाइन मफ्रत हकप्रद आवेदन बुझाउन सक्ने छन्  ।

लघुवित्तले गत आर्थिक बर्षको कमाईबाट ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।  ५० प्रतिशत बोनस सेयर वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी ६ करोड र  ५० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात लघुवितको चुक्ता पुंजी ९ करोड पुग्नेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved