सुर्योदय लघुवित्तको बम्पर अफर: ४५ प्रतिशत लाभांशपछि ५० प्रतिशत हकप्रद

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 15, 2018 | 11:57:40 AM मा प्रकाशित

laxmi  sunrise bank

सुर्योदय लघुवित्तले चुक्ता पुंजी १६ करोड पुर्याउने लक्ष्य सहित लाभांश र हकप्रदको प्रस्ताव गरेको छ। कम्पनीको कार्तिक २९ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत बर्षको मुनाफाबाट ४२.७५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि २.२७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो 

कम्पनीले ४२.७५ प्रतिशतले हुन् आउने ३ करोड २३ लाख १९ हजार बराबरको बोनस र २.२७ प्रतिशतले हुन् आउने १७ लाख १ हजार बराबरको नगद लाभांश प्रस्ताव गरेको हो ।हाल कम्पनीको चुक्ता पुंजी ७ करोड ५६ लाख रहेको छ । प्रस्तावित बोनसपछि कम्पनीको चुक्ता पुंजी १० करोड ७९ लाख पुग्ने छ । त्यसपछि कम्पनीले ५० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको छ । ५० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी १६ करोड १८ लाख पुग्ने छ । 

कम्पनीको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । हकप्रद प्रस्ताव भने साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि निष्काशन हुने छ ।

कम्पनीले यी प्रस्ताव पारित गर्न पुस ७ गते साधारणसभा आह्वान गरेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved