किसान माइक्रोफाइनान्सको हकप्रद बिक्रि खुला, कहाँ दिने आवेदन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 18, 2018 | 11:52:17 AM मा प्रकाशित

laxmi  sunrise bank

किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले आज मंसिर २ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । कम्पनीले २:१ को अनुपातमा चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गरेको हो ।

कम्पनीले  एक सय रुपैयाँ अंकित दरमा २ लाख ४० हजार २५० कित्ता हकप्रद शेयर जारी गरेको हो । हकप्रद निष्काशनको लागि सिभिल क्यापिटल मार्केट बिक्रि प्रबन्धक रहेको छ । हकप्रद निष्काशनका लागि कम्पनीले कात्तिक १३ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेकोले १२ गतेसम्म कायम रहने माइक्रोफाइनान्सको शेयरधनीले हकप्रदमा आवेदन गर्न सक्नेछन् । 

 सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय, मेरो शेयर तथा सिभिल क्यापिटल मार्केट सुन्धारा, किसान माईक्रोफाइनान्सको सम्पूर्ण शाखाहरु, तथा सिभिल बैंकको विराटनगर, पोखरा, नेपालगञ्ज, विरगञ्ज, नारायणघाट र बुटवल शाखा मार्फत हकप्रद भर्न सकिने छ । हकप्रदमा पुस ८ गतेसम्म आवेदन गर्न सकिने क्यापिटलले जनाएको छ । 

 हाल कम्पनीको चुक्ता पूँजी ४ करोड ८० लाख  रहेको छ  भने हकप्रदपछि कम्पनीको पूँजी ७ कराेड २० लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।  कम्पनीले गत आर्थिक बर्षको नाफाबाट  २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

हकप्रद र बोनसपछि कम्पनीको चुक्ता पुंजी  ८ करोड ६० लाख पुग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved