नाडेप लघुवित्तले मंसिर २३ गतेदेखि हकप्रद निष्काशन गर्ने, कहाँ दिने आवेदन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 20, 2018 | 10:02:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नाडेप लघुवित्तले मंगसिर २३ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले  १:१ को अनुपातमा शतप्रतिशतले हुन् आउने  १६ लाख कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले केहि महिना अघि मात्रै ४ करोड ८० लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गरेको थियो  । 

हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले मङ्सिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर ६ गते सम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् । लगानीकर्ताले पुस २९ गतेसम्म हकप्रद भर्न सक्ने छन् । हकप्रद शेयर निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ  । 

लगानीकर्ताले नबिल इन्भेस्टमेन्ट बैंकिंगको नक्साल स्थिति कार्यालय, नाडेप लघुवित्तको इलाका कार्यालयहरु बिराटनगर, पोखरा, बुटवल र अतारिया, उपशाखाहरु सिमरा र जाजरकोटबाट पनि आवेदन दिन सक्ने छन्   । त्यस्तै सम्पूर्ण सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट र मेरोशेयर वेबसाइट मार्फत अनलाइन पनि आवेदन दिन सकिने छ  ।

 हाल कम्पनीको चुक्ता पुंजी १६ करोड रहेकोमा शतप्रतिशत हकप्रद पश्चात चुक्ता पूँजी ३२ करोड पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved