सिभिल लघुवित्तले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 23, 2018 | 12:50:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल लघुवित्तले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको पुस ६ गते शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको लाभांश वितरणपछि शतप्रतिशत हकप्रद निष्काशनको प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट ४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त बोनस वितरणपछि कम्पनीको चुक्ता पुंजी ११ करोड ४१ लाख पुग्ने छ । त्यसपछि कम्पनीले १:१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो  । 

 कम्पनीको आगामी साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि हकप्रद निष्काशनको प्रक्रिया अगाडी बढ्ने छ ।  बोनस र हकप्रद पश्चात कम्पनीको चुक्ता पुंजी २२ करोड ८२ लाख पुग्ने छ  । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved