कालिका लघुवित्तले ७५ प्रतिशत हकप्रद जारी गर्ने, कति पुग्छ पुंजी ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2019 | 11:28:52 AM मा प्रकाशित

laxmi  sunrise bank

कालिका लघुवित्त Kalika Laghubitta Bittiya Sanstha Limited ले ७५ प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ  । कम्पनीको बुधबार सम्पन्न संचालक समितिको बैठकले २०७५ असार मसान्तसम्म कायम चुक्ता पुंजीको ७५ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो  । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि हकप्रद निष्काशन प्रक्रिया अगाडी बढ्ने छ  । 

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ  । तर बोनसले भने हकप्रद नपाउने भएको छ  ।

हाल कम्पनीको चुक्ता पुंजी १० करोड रहेकोमा बोनसपछि चुक्ता पुंजी १० करोड ८० लाख पुग्ने छ  । त्यस्तै हकप्रद निष्काशनपछि पुंजी १८ करोड ३० लाख पुग्ने छ  ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved