उन्नति माइक्रोफाइनाले पायो हकप्रद निष्काशनको अनुमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2019 | 03:36:28 PM मा प्रकाशित

laxmi  sunrise bank

उन्नति माइक्रोफाइनान्स Unnati Microfinance Bittiya Sanstha Limited ले हकप्रद निष्काशनको अनुमति पाएको छ । कम्पनीले ५ :१ को अनुपातमा २० प्रतिशत हकप्रद जारी गर्ने अनुमति पाएको  हो  ।    कम्पनीले यस अघि २५ प्रतिशत हकप्रद जारि गर्ने प्रस्ताव गरेकोमा चैत्र २१ गते बसेको साधारणसभाले हकप्रद प्रस्ताव परिमार्जन गरी  ५ :१ को अनुपातमा २० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित  गरेको हो। अब कम्पनीले १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ  ।   

धितोपत्र बोर्डले पुस २० गते कम्पनीलाई हकप्रद निष्काशन गर्ने अनुमति दिएको हो ।   

हाल कम्पनीको चुक्ता पुंजी ५ करोड ५० लाख रहेकोमा हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ६ करोड ६० लाख पुग्ने छ  । 

कम्पनीको कार्तिक २६ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत बर्षको मुनाफाबाट लगानीकर्तालाई ४०.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.१३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved