मिथिला लघुवित्तको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2019 | 08:20:07 AM मा प्रकाशित

laxmi  sunrise bank

मिथिला लघुवित्त Mithila Laghubitta Bittiya Sanstha Limited को हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले हकप्रद निष्काशनको  लागि माघ १ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस ३० गते सम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद पाउन सक्ने छन । 

 कम्पनीले  २:१ को अनुपातमा ५० प्रतिशतको दरले  ३ करोड २९ लाख ८८ हजार ९ सय ६९ रुपैयाँ बराबरको ३ लाख २९ हजार ८ सय ८९ दशमलव ९० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो  । धितोपत्र बोर्डले पुस १३ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो ।  हकप्रद निष्काशनको लागि काठमाडौँ क्यापिटल मार्केट्स लिमिटेड बिक्रि प्रबन्धक रहेको छ । 

हाल कम्पनीको चुक्ता पुंजी  ६ करोड ५९ लाख रहेको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट  १०.४५ प्रतिशत बोनस वितरण गर्ने घोषणा गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved