हकप्रद निष्काशनको लागि मेरो माइक्रोफाइनान्सको बुक क्लोज तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2019 | 11:28:48 AM मा प्रकाशित

laxmi  sunrise bank

मेरो  Mero Microfinance Bittiya Sanstha Limited  ले हकप्रद निष्काशन प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । हकप्रद निष्काशनको लागि कम्पनीले माघ २४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । माघ २३ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउन सक्ने छन । 

कम्पनीले १:१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।  अब कम्पनीले ३२ करोड ८९ लाख बराबरको हकप्रद निष्काशन गर्ने छ । हाल कम्पनीको चुक्ता पुंजी ३२ करोड ८९ लाख रहेकोमा  हकप्रदपछि लघुवित्तको चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ । 

कम्पनीको गत कार्तिकमा सम्पन्न साधारणसभाले १५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद लाभांश पारित गर्दै सो पछि कायम पुंजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved