मेरो माइक्रोफाइनान्स Mero Microfinance Bittiya Sanstha Limited ले फागुन १९ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले १:१ अनुपातमा शतप्रतिशत अर्थात् ३२ लाख ८९ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
हकप्रद निष्काशनको लागि कम्पनीले माघ २४ गते बुक क्लोज गरेकोले माघ २३ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउन सक्ने छन । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ताले चैत्र २४ गतेसम्म हकप्रद भर्न सक्ने छन् ।
हाल कम्पनीको चुक्ता पुंजी ३२ करोड ८९ लाख रहेकोमा हकप्रदपछि लघुवित्तको चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।
कम्पनीको गत कार्तिकमा सम्पन्न साधारणसभाले १५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद लाभांश पारित गर्दै सो पछि कायम पुंजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।