एशियन लाइफले पायो हकप्रद निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2019 | 02:17:45 PM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company Limited ले हकप्रद निष्काशनको अनुमति पाएको छ  । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २७ गते शेयर निष्काशनको अनुमति दिएको हो । 

अब कम्पनीले १:०.६ को अनुपातमा ६० प्रतिशत हकप्रद निष्काशन गर्ने छ । जस अनुसार कम्पनीले ७५ करोड ४० लाख बराबरको हकप्रद निष्काशन गर्ने छ  । हकप्रद निष्काशनको लागि कम्पनीले एनआईबिएल एस क्यापिटललाई बिकी प्रबन्धक नियुक्त गरेको छ।

हाल कम्पनीको चुक्ता पुंजी एक अर्ब २५ करोड ६७ लाख रहेकोमा हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब १ करोड पुग्ने छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved