Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     Mar 06, 2019 | 08:47:54 AM



shivam cement

मिथिला लघुवित्त Mithila Laghubitta Bittiya Sanstha Limited ले हकप्रद भर्ने म्याद थप गरेको छ । कम्पनीले माघ १७ गतेदेखि २:१ को अनुपातमा ५० प्रतिशतको दरले  ३ करोड २९ लाख ८८ हजार ९ सय ६९ रुपैयाँ बराबरको ३ लाख २९ हजार ८ सय ८९ दशमलव ६९ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । 

हकप्रदमा आज फागुन २२ गतेसम्म आवेदन दिन सकिने भानिएकोमा अब ७ दिन म्याद थप गरी अब फागुन २९ गतेसम्म आवेदन दिन सकिने बिक्रि प्रबन्धक काठमाडौँ क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । 

 धितोपत्र बोर्डले पुस १३ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो ।  कम्पनीले हकप्रद निष्काशनको  लागि माघ १ गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस ३० गते सम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद पाउन सक्ने छन । बिक्रि प्रबन्धक काठमाडौँ क्यापिटलको कार्यालय कमलादी , मिथिला लघुवित्तका सम्पूर्ण शाखा कार्यालयहरु र आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट हकप्रद भर्न सक्ने छन्  । 

हाल कम्पनीको चुक्ता पुंजी  ६ करोड ५९ लाख रहेको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7