ओमी माइक्रोफाइनान्सले माग्यो हकप्रद निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2019 | 12:52:59 PM मा प्रकाशित

laxmi  sunrise bank

ओमी माइक्रोफाइनान्स Womi Microfinance Bittiya Sanstha Limited ले हकप्रद निष्काशनको अनुमति माग गरेको छ । कम्पनीले चैत्र ८ गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो  । कम्पनीले १:१ को अनुपातमा १० करोड १० लाख ८८ हजार बराबरको १० लाख १० हजार ८ सय ८० कित्ता शेयर निष्काशन गर्न लागेको हो  । 

शेयर निष्काशनको लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ  । 

ओमीले काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको नागरिक लघुवित्तलाई मर्ज गर्न लागेको छ । यी २ कम्पनीबीच फागुन २४ गते गाभ्ने गाभिने सम्झौता भएको थियो  । संचालनमा आयको पहिलो बर्ष मै नागरिक घाटामा गएको थियो । हाल ओमीको चुक्ता पुंजी १० करोड १० लाख रहेको छ ।   शत प्रतिशत हकप्रदपछि पुंजी २० करोड २० लाख पुग्ने छ ।  नागरिकको हालको चुक्ता पुंजी १ करोड ७५ लाख रहेको छ  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved