लुम्बिनी जनरल इन्स्योरेन्सले हकप्रद बिक्रि गर्ने, बिशेष साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2019 | 11:59:08 AM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी जनरल इन्स्योरेन्स Lumbini General Insurance Limited ले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १०:२ को अनुपातमा २० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको हो । 

कम्पनीको बैशाख ५ गते बिहिबार बसेको संचालक समितिको बैठकले  हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । उता प्रस्ताव पारित गर्न कम्पनीले बैशाख २५ गते बिशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले बिशेष साधारण सभा प्रयोजनको लागि बैशाख १५ गते बुक क्लोज गर्ने भएको छ । बैशाख १४ गतेसम्म कायम शेयरधनीले मात्र बिशेष साधारणसभामा भाग लिन सक्ने छन् । 

हाल कम्पनीको चुक्ता पुंजी ८८ करोड रहेकोमा २० प्रतिशत हकप्रदपछि चुक्ता पुंजी १ अर्ब ५ करोड ६० लाख पुग्ने छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved