एभरेष्ट इन्स्योरेन्सले जेठ १४ देखि हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2019 | 08:44:14 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट इन्स्योरेन्स Everest Insurance Company Limited ले जेठ १४ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १:३ को अनुपातमा ३ सय प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । जस अनुसार अब कम्पनीले ८२ करोड १९ लाख ४७ हजार ५ सय रुपियाँ बराबरको ८२ लाख १९ हजार ४ सय ७५ कित्ता शेयार निष्काशन गर्ने छ  । 

कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थ बैशाख ९ गते बुक क्लोज गरेको थियो । बैशाख ८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् । हकप्रद निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । हकप्रदमा आवेदन दिनको लागि एभरेस्ट इन्स्योरेन्सको सम्पूर्ण शाखाहरु, सिद्धार्थ क्यापिटलको कार्यालय नकासल, र सी आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट समेत हकप्रद भर्न सकिने छ । लगानीकर्ताले असार १६ गतेसम्म हकप्रद बह्र्ण सक्ने छन ।

 नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चैत्र २७ गते हकप्रद शेयर निष्काशनको अनुमति दिएको हो  । कम्पनीले  कम्पनीले यस अघि  १ सय ५ प्रतिशत संस्थापक हकप्रद निष्काशन गरेको थियो  । उक्त हकप्रदपछि कम्पनीमा संस्थापक तथा साधारण सेयरधनीको स्वामित्व ५१ : ४९ प्रतिशत कायम भएको छ ।

३ सय प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी एक अर्ब ९ करोड ५९ लाख रुपैयाँ कायम पुग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved