बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     May 21, 2019 | 07:56:09 AM


जनउत्थान सामुदायिक लघुवित्तले हकप्रद निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले जेठ ५ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो । 

 कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद जारि गर्नको लागि अनुमति पाएको हो । अब कम्पनीले दुई करोड ८८ लाख रुपैयाँ बराबरको २ लाख ८८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। हकप्रद जारी गर्नको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।

लघुवित्तले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। हाल लघुवित्तको चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँ छ । हकप्रद र बोनस पछि लघुवित्तको चुक्ता पूँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँ पुग्नेछ। 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7