Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     May 28, 2019 | 05:27:33 AM



shivam cement

एभरेष्ट इन्स्योरेन्स Everest Insurance Company Limited ले आज जेठ १४ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । कम्पनीले १:३ को अनुपातमा ३ सय प्रतिशत हकप्रद निष्काशन गरेको हो । जस अनुसार कम्पनीले ८२ करोड १९ लाख ४७ हजार ५ सय रुपियाँ बराबरको ८२ लाख १९ हजार ४ सय ७५ कित्ता शेयार निष्काशन गरेको छ । 

कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थ बैशाख ९ गते बुक क्लोज गरेको थियो । बैशाख ८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् । हकप्रद निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । हकप्रदमा आवेदन दिनको लागि एभरेस्ट इन्स्योरेन्सको सम्पूर्ण शाखाहरु, सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल, सी आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर अनलाइनबाट समेत हकप्रद भर्न सकिने छ । लगानीकर्ताले असार १६ गतेसम्म हकप्रद भर्न सक्ने छन ।

 नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चैत्र २७ गते हकप्रद शेयर निष्काशनको अनुमति दिएको हो  । कम्पनीले  कम्पनीले यस अघि  १ सय ५ प्रतिशत संस्थापक हकप्रद निष्काशन गरेको थियो  । उक्त हकप्रदपछि कम्पनीमा संस्थापक तथा साधारण सेयरधनीको स्वामित्व ५१ : ४९ प्रतिशत कायम भएको छ ।

३ सय प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी एक अर्ब ९ करोड ५९ लाख रुपैयाँ कायम पुग्नेछ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7