जनउत्थानको शतप्रतिशत हकप्रद बिक्रि खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 05:53:33 AM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त Janautthan Samudayic Laghubitta Bikas Bank Limited ले आज असार १२ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ ।  कम्पनीले  १:१ को अनुपातमा शतप्रतिशत हकप्रद जारि गरेको हो । कम्पनीले दुई करोड ८८ लाख रुपैयाँ बराबरको २ लाख ८८ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको  छ। हकप्रद जारी गर्नको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। नेपाल धितोपत्र बोर्डले जेठ ५ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो ।  

लघुवित्तले हकप्रद निष्काशन गर्नको लागि सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । लगानीकर्ताले साउन १५ गतेसम्म हकप्रद भर्न सक्ने छन् । हकप्रदमा जनउत्थान सामुदायिक लघुवित्तको केन्द्रीय कार्यालय बुटवल तथा शाखा कार्यालयहरु, सिद्धार्थ क्यापिटल नक्साल र सी आश्वा अनुपति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ  । त्यस्तै  मेरो शेयरबाट अनलाइन मार्फत समेत हकप्रदमा आवेदन दिन सकिन्छ। 

हकप्रद निष्काशन प्रयोजनको लागि कम्पनीले असार २ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस हिसाबमा असार १ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न सक्ने छन् । 

लघुवित्तले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। हाल लघुवित्तको चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँ छ । हकप्रद र बोनस पछि लघुवित्तको चुक्ता पूँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँ पुग्नेछ। यसपछि लघुवित्तले पुन: २ सय प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved