वोमी माइक्रोफाइनान्सको शतप्रतिशत हकप्रद बिक्रि खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2019 | 06:50:38 AM मा प्रकाशित

laxmi  sunrise bank

वोमी माइक्रोफाइनान्स Womi Microfinance Bittiya Sanstha Limited ले आज साउन ९ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । कम्पनीले १:१ को अनुपातमा १० लाख १० हजार ८ सय ८० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।  

कम्पनीले हकप्रद निष्काशनको लागि असार २७ गते बुक क्लोज गरेकोले असार २६ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न सक्ने छन् ।  लगानीकर्ताले भदौ ११ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने छन्  ।हकप्रद निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

गत फागुन ६ गते सम्पन्न विशेष साधारण सभाले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। हकप्रद बिक्रीपछि लघुवित्तको चुक्ता पूँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ पुग्नेछ।

कम्पनीले नागरिक लघुवित्तलाई गाभ्न्को लागि सम्झौता गरिसकेको छ । नागरिक लघुवित्तको चुक्ता पुँजी १ करोड ७५ लाख रुपैयाँ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved