एनएलजी इन्स्योरेन्सले हकप्रद निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2019 | 04:41:18 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएलजी इन्स्योरेन्सले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १०:६ को अनुपातमा ६० प्रतिशतले हुन् आउने ३८ लाख ४२ हजार ४ सय ३७ दशमलव ५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । उक्त सम्झौतामा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गरेका हुन् ।

हाल कम्पनीको चुक्ता पुंजी ६४ करोड ४ लाख ६ हजार २ सय ५० रुपैयाँ रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved