एचआईडिसीएलको हकप्रदले पायो ४ प्लसको रेटिंङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2019 | 04:58:36 PM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रोइलेक्ट्रिक इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) ले निष्काशन गर्न लागेको हकप्रदले ४ प्लसको रेटिंङ पाएको छ। इक्रा नेपालले कम्पनीको हकप्रदलाई ४ प्लसको रेटिंङ दिएको हो ।  रेटिंङ  कम्पनीले  ग्रेड १ देखि ५ सम्मको ग्रेडिंग प्रदान गर्ने गरेको छ। जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले सबैभन्दा कमजोर आधार जनाउँदछ।   

कम्पनीले शेयर निष्काशनको अनुमति माग गर्दै असार ३१ गते धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १:१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले ११ अर्ब बराबरको  ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । 

कम्पनीको पुस ३० गते सोमबार बसेको सातौ साधारणसभाले हकप्रद प्रस्ताव पारित गरेको थियो ।  

हाल कम्पनीको चुक्ता पुंजी ११ अर्ब रहेको छ । शतप्रतिशत हकप्रदपछि चुक्ता पुंजी २२ अर्ब पुग्ने छ । कम्पनीमा सञ्चय कोष, राष्ट्रिय बीमा संस्थान, नागरिक लगानी कोष लगायतका सरकारी निकायको ८० प्रतिशत शेयर स्वामित्व रहेको छ । जलविद्युत आयोजनाहरुमा लगानी गर्ने लक्ष्यका साथ २०६८ सालमा कम्पनी स्थापना भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved