सुर्या लाइफ इन्स्योरेन्स Surya Life Insurance Company Limited ले आज भदौ ८ गते देखि हकप्रद निष्काशन बिक्रि खुला भएको छ । कम्पनीले १०ः७ को अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता कप्रद शेयर खुला गरेको हो ।
कम्पनीले हकप्रदको निष्काशनको लागि साउन २९ गते १ दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार साउन २८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्।
कम्पनीले हकप्रद निष्कासनको लागि विक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापीटलाई नियुक्त गरेकोछ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई यहि साउन १६ गते स्वीकृति प्रदान गरेको थियो ।
कम्पनीले बीमा समितिले तोकेको २ अर्ब पुँजी पुर्याउन हकप्रद निष्कासन गर्न लागको हो । हाल १ अर्ब २६ करोड ७७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद विक्रि पश्चात २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।