ओमी माइक्रोफाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2019 | 06:09:41 AM मा प्रकाशित

laxmi  sunrise bank

ओमी माइक्रोफाइनान्स Womi Microfinance Bittiya Sanstha Limited ले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज भदौ ११ गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन ९ गते देखि १:१ अनुपातमा शत प्रतिशत हकप्रद बिक्रि खुला गरेको थियो । 

कम्पनीले १० करोड १० लाख ८८ हजार बराबरको १० लाख १० हजार ८ सय ८० कित्ता शेयर निष्काशन गरेको हो  । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल  बिक्रि प्रबन्धक रहेको छ  ।  शेयर निष्काशन प्रयोजनको लागि असार २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार २६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन्  । 

 ओमीले काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको नागरिक लघुवित्तलाई मर्ज गर्न लागेको छ । यी २ कम्पनीबीच फागुन २४ गते गाभ्ने गाभिने सम्झौता भएको थियो  । संचालनमा आएको पहिलो बर्ष मै नागरिक घाटामा गएको थियो । हाल ओमीको चुक्ता पुंजी १० करोड १० लाख रहेको छ ।   शत प्रतिशत हकप्रदपछि पुंजी २० करोड २० लाख पुग्ने छ ।  नागरिकको हालको चुक्ता पुंजी १ करोड ७५ लाख रहेको छ  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved