समता माइक्रोफाइनान्सको हकप्रद असोज २६ देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2019 | 07:01:25 AM मा प्रकाशित

laxmi  sunrise bank

समता माइक्रोफाइनान्सले असोज २६ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ ।  कम्पनीले १:२ को अनुपातमा २ सय प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।  कम्पनीले १२ करोड १३ लाख रुपैयाँ बराबरको १२ लाख १३ हजार ४ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । 

लगानीकर्ताले मंगसिर १ गतेसम्म हकप्रद भर्न सक्ने छन्। शेयर निष्काशनको लागि एनआइबिएल एस बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसाबमा आज भदौ ३१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने भएका हुन्। 

 हकप्रदपछि कम्पनीको चुक्ता पुंजी १८ करोड २० लाख रुपैयाँ पुग्नेछ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved