मुक्तिनाथ विकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2019 | 06:19:24 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited को हकप्रद भर्ने आज असोज १५ गते अन्तिम दिन रहेको छ । बैंकले भदौ १२ गतेदेखि  १:०.२ को अनुपातमा २० प्रतिशत हकप्रद खुला गरेको  हो।

जस अनुसार बैंकले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँको ६१ लाख २९ हजार ५ सय २० दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ  । हकप्रद शेयर निष्काशनको लागि भिबोर क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  बैंकले हकप्रद निष्काशनको लागि साउन ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । साउन ३० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्  ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्व ६ करोडमा हकप्रदपछि बैंकको चुक्ता पुंजी ३ अर्ब ६७ करोड ७७ लाख पुग्ने छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved