एनएमबि लघुवित्तको लाभांश घोषणा, हकप्रदले पनि पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2019 | 11:57:18 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीले निष्काशन प्रक्रियामा रहेको हकप्रदले समेत पाउने गरि लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीले कार्तिक २४ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १:१.५ को अनुपातमा १५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले हकप्रद निष्काशनपछि कायम हुने चुक्ता पुंजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो   । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ  ।




 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved