समता माइक्रोफाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 09:18:59 AM मा प्रकाशित

laxmi  sunrise bank

समता माइक्रोफाइनान्स Samata Microfinance Bittiya Sanstha Limited को हकप्रद भर्ने आज मङ्सिर १ गते अन्तिम दिन रहेको छ । कम्पनीले असोज २७ गतेदेखि १:२ को अनुपातमा २ सय प्रतिशत हकप्रद निष्काशन गरेको हो ।

जस अनुसार कम्पनीले १२ करोड १३ लाख रुपैयाँ बराबरको १२ लाख १३ हजार ४ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो  । कम्पनीले हकप्रद निष्काशनको लागि असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसाबमा आज भदौ ३१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने भएका हुन्।  हकप्रदपछि कम्पनीको चुक्ता पुंजी १८ करोड २० लाख रुपैयाँ पुग्नेछ । 

शेयर निष्काशनको लागि एनआइबिएल एस बिक्रि प्रबन्धक रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved